देउवालाई संकेत गर्दै कमल थापाले भने – ७६ (५)को व्याख्याको दुष्परिणाम देखिन थाल्यो !-Sutra News

देउवालाई संकेत गर्दै कमल थापाले भने – ७६ (५)को व्याख्याको दुष्परिणाम देखिन थाल्यो !

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष कमल थापाले विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय रहेको बताएका छन् ।



सोमबार सामाजीक संजालमा लेख्दै उनले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । 

‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधानको मनसाय कदापि होइन ।’ उनले लेखेका छन् ।

थापा पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै आएका नेता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट