नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान साढे ११ बजे सुरू भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा माधव समूह भने अनुपस्थित रहेको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ । त्यसैगरी बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए ।
यसअघि शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो ।