प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको दावी गरेका छन् ।
सोमबारको केन्द्रीय कमिटीको बैठकमा उनले खोप आफू नेतृत्वको सरकारले ल्याएको र त्यसलाई लिएर खोप भन्दै राजनीति नगर्न चेतावनीसमेत दिएका छन् ।
सरकारबाट बाहिरिने बेलामा पनि ओलीले आफूले ल्याएको खोप देखाएर जनतामा भ्रम नफैलाउन सुझाएका थिए ।
एमालेको केन्द्रीय कमिटीको ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा जारी छ । बैठकमा माधव पक्षका नेताहरु भने उपस्थित भएका छैनन् ।