नेकपा एमालेभित्रको विवाद अन्त्य गर्न कार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।
सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको हो ।
त्यस्तै आजको बैठकले काँग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।