एमाले बैठकको निश्कर्ष- माधव नेपाल एमालेमा फर्किंदैनन्-Sutra News

एमाले बैठकको निश्कर्ष- माधव नेपाल एमालेमा फर्किंदैनन्

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।



सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमति पनि कार्यान्वयन गरेको छ ।

बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाललाई बैठकमा बोलाउन प्रयास गरिएको तर उनी आउन अस्वीकार गरेको बताए । आफूहरुले धेरै प्रयास गर्दा पनि उनलाई पार्टीको बैठकमा फर्काउन नसकेको उनको तर्क छ ।

नेपाल आजको बैठकमा मात्र होइन यसअघिको धेरै बैठकमा अनुपस्थित रहेका थिए ।

पार्टीको नियम उल्लङ्घन गर्दै नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मतसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट