नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
ओलीले केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा बस्दैछ । बैठकका लागि नेताहरु बालकोट पुग्ने क्रम जारी छ ।
आजको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने एमालेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै नेता माधवकुमार नेपाल एमालेमा नफर्किने निश्कर्ष आजको बैठकले निकालेको छ ।