राजीनामा फिर्ता गर्न रावललाई ओलीको आग्रह-Sutra News

राजीनामा फिर्ता गर्न रावललाई ओलीको आग्रह

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।



सोमबार च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

भीम रावलहरुले देउवालाई विश्वासको मत नहाल्ने भनेको तर माधव नेपालले आफूले एक्लै भएपनि देउवालाई भोट हाल्ने बताएपछि माधव नेपालको कारण रावलले राजीनामा दिएको ओलीको आरोप छ ।

भीम रावलले हिजो सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट