एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह-Sutra News

एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै ११ कक्षाको भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।  
 
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुँदै ११ कक्षाको भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।   



शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘११ कक्षामा भर्ना गर्दाको समयमा नै ११ र १२ कक्षामा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनू ।’ 
 
११ र १२ कक्षामा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के–कति हो, साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरू भएको २ महिनाभित्र विभागमा बुझाउन भनिएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट