काठमाडौँ । नेपाली काँग्रेसको सरकार बनेसँगै यतिबेला काँग्रेसका नेताहरु मन्त्री बन्ने होडबाजीमा रहेका छन् ।
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सरकारमा उपप्रधानमन्त्री पनि माग्ने भएको छ।
सोमबार महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले आफ्नो पक्षबाट एक जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने निश्कर्ष निकालेको स्रोतले बतायो ।
महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने पौडेल पक्षको माग छ ।