ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक भन्दै सर्वोच्चमा पूरक रिट-Sutra News

ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक भन्दै सर्वोच्चमा पूरक रिट

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि केपी ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा पूरक निवेदन परेको छ ।



वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पुरक निवेदन पेश गरेका हुन् । 

‘२०७८।१।२१ मा जारी अध्यादेश खारेज भै सकेको अवस्थामा पनि उल्लिखित संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु भएको अवस्था छ । नियुक्तिको कानूनी आधार पूर्णरुपमा समाप्त भै सकेको हुँदा अध्यादेशका आधारमा सिफारिस भै नियुक्ति पाएका संवैधानिक निकायका पदाधिकारी साविकमा जस्तै गरी यथावत रुपमा पदमा कायम रहिरहनु अवैधानिक हुन्छ’, पूरक निवेदनमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट