जोन्सन एण्ड जोन्सन खोप अभियान शुरुको दिनमै विवादमा, यस्तो देखियो टेकुको दृश्य [भिडियो रिपोर्ट]-Sutra News

जोन्सन एण्ड जोन्सन खोप अभियान शुरुको दिनमै विवादमा, यस्तो देखियो टेकुको दृश्य [भिडियो रिपोर्ट]

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

नेपालमा आजदेखि अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप अभियान शुरु भएको छ । श्रावण ४ गते देखि ६ गते सम्म सञ्चालन हुने उक्त खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समुहका नागरिक साथै  शारिरिक अपाङ्गता भएका क र ख वर्गका परिचयपत्र पाएका  नागरिकहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र वैदेशिक रोजगारीमा जान भिषा लागेका व्यक्तिहरुलाई खोप लगाइएको छ ।



khop 3.jpg

सोमवारदेखि काठमाडौँका ४४ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको हो । आज सूत्रन्यूज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भइरहेको खोप अभियानको एक रिर्पोट तयार पारेका छौ । 

टेकु अस्पतालमा आज लक्षित समूह भने खासै खोप लगाउन आएको पाइएन । तर वैदेशिक रोजगारीमा जान भिषा लागेका तथा टिकट नै काटेका व्यक्तिहरु भने सयौको हारहारिमा लाइन बसेका थिए  ।

बिहान ७ बजे देखि नै लाइन बसेका केही व्यक्तिहरुले खोप लगाए पनि मध्यान्ह १२ बजै नै  खोप कार्यक्रम स्थगित गरिएको थियो  । ओप अभियान चलिरहदा  वैदेशिक रोजगारीमा जानेहरुलाई  स्वास्थ्य विभागबाट खोप नलगाउन निर्देशन दिएपछि खोप अभियान स्थगित भएको हो  । उक्त निर्देन पछि टेकु अस्पताल परिसरमा विवादसमेत भएको थियो भने प्रहरीको सहायतामा खोप लगाउन आएका सयौं नागरिकलाई फर्काइएको थियो । स्वास्थ्य मन्त्रालय तथा विभागको निर्देशन पछि अस्पताल प्रशासन पनि अन्योलमा देखिएको थियो ।

khop4.jpg

वैदेशिक रोजगारीमा जानका लागि २० तारिखको टिकट नै लिएका  एक व्यक्तिले आफनो टिकट देखाउदै विहान ५ बजेदेखि खोप लगाउन लाइन बसेको भए पनि खोप लगाउन नपाएको र फर्कन लागेको भन्दै गुनासो पोखे । वैदेशिक रोजगारीमा जान जोन्सन एण्ड जोन्सनको खोप आधिकारिक भएकाले खोप लगाउन अनिर्वाय भएको उनीहरूको भनाइ थियो ।

उनीहरुले कि खोप दे, कि रोजगारी दे भन्दै नाराबाजीसमेत गरे । त्यस्तै खोप लगाएको सर्टिफिकेट लिन पनि दुख झेल्नुपरेको उनीहरूको गुनासो रहेको छ । अमेरिकाले  १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई अनुदानमा दिएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्टिङ – 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट