टिभी खोल्ने क्रममा लाग्यो करेन्ट, ८ वर्षीया बालिकाको गयो ज्यान-Sutra News

टिभी खोल्ने क्रममा लाग्यो करेन्ट, ८ वर्षीया बालिकाको गयो ज्यान

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः ३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्‍टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।



उनले भने, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट