कोभिड कोषमा सूर्य नेपाल प्रालिद्वारा ५० लाख सहयोग-Sutra News

कोभिड कोषमा सूर्य नेपाल प्रालिद्वारा ५० लाख सहयोग

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ ।



शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो ।

सूर्य नेपालले शुक्लागण्डकीलाई रु ३० लाख र म्याग्दे गाउँपालिकालाई रु २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट