नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए-Sutra News

नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

नाइजेरिया- नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् ।



प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् । उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् ।

आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ ।

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट