निष्ठा र सिद्धान्तको राजनीति कमजोर भएर गएकोमा कमल थापाकाे चिन्ता-Sutra News

निष्ठा र सिद्धान्तको राजनीति कमजोर भएर गएकोमा कमल थापाकाे चिन्ता

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त विकृति र बेथितिको अन्त्य चाहने हो भने अब जनताले राप्रपा राेज्नुपर्ने बताएका छन् ।



मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाटमा थापाले यस्ताे बताएका हुन् । पूर्वमन्त्री समेत रहेका थापाले निष्ठा र सिद्धान्तको राजनीति कमजोर भएर गएकोमा चिन्ता व्यक्त गरे ।

उनले कांग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै जनताको माझमा जानुपर्ने आवश्यकता औँल्याउँदै थापाले जनताले विकल्प खोजेको भनाइ राखे । उनले राम्रो विकल्प राप्रपा बनाउन सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपा कार्यसम्पादन समितिका सदस्य राजाराम बर्तौला, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, जिल्ला सदस्य अर्जुन तिमिल्सिना बकैया गाउँ कमिटी अध्यक्ष राजाराम अर्याल, महिला नेतृ लक्ष्मी जिम्बा, गोवद्र्धन गौतमलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट