आज यी प्रदेशमा भारी वर्षा हुन सक्ने-Sutra News

आज यी प्रदेशमा भारी वर्षा हुन सक्ने

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

काठमाडौं- बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने  सम्भावना । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।



आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

बुधबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखालले जानकारी दिएको छ । बुधबार राति भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ ।

त्यसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट