सोलुखुम्बु- महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।
सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका छन् ।
गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको थियो ।
गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।