हेटौँडा- हेटौँडा उपमहानगरपालिका-२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी टोलीले पाँच किलो ७५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो ।
पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।