काठमाडौँ । पुर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेलाई र माधव नेपाललाई सँगै लैजान नसकिने बताएका छन् ।
सोमबार सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
‘अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।’ उनले लेखेका छन् ।