नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण नदिने भएका छन् ।
सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । त्यो छलफलले स्पष्टीकरण दिन आवश्यक नभएको निश्कर्ष निकालेको हो ।