नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
मंगलबार नेकपा एमालेका अध्यक्ष ओलीसँग भेट्न विप्लव ओली निवास बालकोट पुगेका थिए ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि ओलीसँगको भेटमा सहभागी थिए ।
भेटमा ३ बुँदे सहमति कार्यान्वयन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालकोट स्रोतले जनायो ।