काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले विदेश जान लागेका सबै नेपाली कामदारलाई ‘जोनसन एण्ड जोनसन’ खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
मंगलबार सामाजीक संजालमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘नेपाली श्रमिकहरुको गन्तव्यकारूपमा रहेका कतिपय देशहरूले कोरोना विरुद्ध लगाईने ‘कोभिशल्ड’,’भेरोशील’लाई अझै मान्यता दिन आनाकानी गरिरहेको हुँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अमेरिकाबाट प्राप्त ‘जोनसन एण्ड जोनसन’ खोप लगाउने व्यवस्था गर्न प्रम/सरकारसँग आग्रह गर्दछु ।’ उनले लेखेका छन् ।
नेपाली श्रमिकहरुको गन्तव्यकारूपमा रहेका कतिपय देशहरूले कोरोना विरुद्ध लगाईने ‘कोभिशल्ड’,’भेरोशील’लाई अझै मान्यता दिन आनाकानी गरिरहेको हुँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अमेरिकाबाट प्राप्त ‘जोनसन एण्ड जोनसन’ खोप लगाउने व्यवस्था गर्न प्रम @DeubaSherbdr /सरकारसँग आग्रह गर्दछु
— Kamal Thapa (@KTnepal) July 20, 2021