काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ।
गत आइतबार नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सांसदहरुको भेला बस्न लागेको एक नेताले बताए ।
माधव समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने घोषणा गरिसकेको छ ।
आजको भेलामा देशको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ ।
नेता माधव नेपालले बिहान नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरिसकेका छन् ।