काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू उपप्रधानमन्त्री बन्ने विषयलाई जोडेर विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारलाई लिएर ध्यानाकर्षण गराएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू उपप्रधानमन्त्री बन्ने कुरामा कुनै सत्यता नभएको पुष्टि नभएको बताएका हुन् ।
उनका स्वकीय सचिव दिपक टमटाले जारी गेरको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क. वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उहाँको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं । धन्यवाद !’
प्रतिनिधि सभा पुनर्स्थापना पछि माधव समूहमा लागेका गौतम उपप्रधानमन्त्री बन्ने चर्चा राजनीति वृत्तमा चुलिएको थियो ।