नेपालका राजदूतको फोनसमेत भारतले ह्याक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासा-Sutra News

नेपालका राजदूतको फोनसमेत भारतले ह्याक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासा

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

इजरायलको कम्पनीले जासुसी प्रयोजनका लागि बनाएको पेगासस सफ्टवेयरको प्रयोग गरेर भारतले नेपालका राजदूत निलाम्बर आचार्यको फोन ह्याक गरेको खुलासा भएको छ ।



फ्रान्सको राष्ट्रिय पत्रिका ले मोन्डेले सोमवार भारतको राजधानी दिल्लीस्थित नेपालसहित विभिन्न कूटनीतिक व्यक्तित्वहरूको फोन ह्याक भएको खुलासा गरेको हो ।

गत चार वर्षदेखि फोन ह्याक हुनेमा नेपाली, चिनियाँसहित अन्य नेता, मानवाधिकारकर्मी, सांसद र पत्रकारसमेत रहेका छन् ।

भारतको संस्थापन पक्षले इजरायली कम्पनीको सफ्टवेयर किनेर जासुसी गरेको पत्ता लागेको हो । सन् २०१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल भ्रमण गरेपछि भारतमा यो एप्लिकेसन ल्याइएको थियो ।

पेगासस एप्लिकेसनमा फेसबूक, भाइबर, व्हाट्सएप लगायत सबै एप्लिकेसनहरू एकैसाथ चलाउन मिल्छ ।

फ्रेन्च पत्रिका ले मोन्डेले पाकिस्तानी प्रधानमन्त्री इमरान खान, विपक्षी दलका नेता राहुल गान्धी, दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया, नेपालसहितका राजदूतका सम्पर्क तथा युनिभर्सिटी अफ दिल्लीका प्राध्यापक (हाल स्वर्गीय) साइद अब्दुल रहमान गिलानीका सन् २०१९ अक्टोबर(उनको मृत्यु समयसम्म)का संवादका रेकर्डहरु ‘पेगासस’मा पाइएको दाबी गरेको छ ।

यस्तो समाचार अमेरिकाबाट प्रकाशित हुने वाशिंगटन पोस्ट र भारतबाट प्रकाशित हुने द हिन्दूमा पनि प्रकाशन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट