पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन गरिएको छ ।
आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने छ ।
शाहले बनाएको आइटी आर्मी एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै हो । आज लोकन्थलीको दिव्यश्वरी पार्टी प्यालेसबाट यो घोषणा गर्ने कार्यक्रम छ ।