काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
उनीहरुबीच जेठ ८ पछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय भएको बताइएको छ ।
देउवा सरकारले यसअघि नै ११ देशका राजदूतको नियुक्ति फिर्ता गर्ने निर्णय गरिसकेको छ ।