प्रचण्ड र देउवाबीच सातवटै प्रदेश प्रमुख फेर्ने सहमति-Sutra News

प्रचण्ड र देउवाबीच सातवटै प्रदेश प्रमुख फेर्ने सहमति

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातवटै प्रदेशका प्रदेश प्रमुख फेर्ने सहमति जुटेको छ ।



मंगलवार देउवानिवास बुढानीलकण्ठमा भएको छलफलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ यता गरेका सबै राजनीतिक नियुक्तिसँगै सातवटै प्रदेशका प्रमुखहरू फेर्ने विषयमा सहमति जुटेको स्रोतको दाबी छ ।

भेटमा सहभागी एक कांग्रेस नेताले सूत्रन्यूजसँग भने – ‘ओलीले गरेका सम्पूर्ण नियुक्तिहरू खारेज गर्नेबारे छलफल भएको छ । प्रचण्डले प्रधानमन्त्रीलाई गो अहेड भन्नुभएको छ ।’

यसअघि देउवाले सरकारबाट सिफारिस भएका तर संसदीय सुनुवाइ नभएका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेको थियो ।

प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, जनकपुरधाममा राजेश अहिराज, वागमतीमा विष्णुप्रसाद प्रसाईं, लुम्बिनीमा धर्मानन्द यादव, गण्डकीमा सीताकुमारी यादव, कर्णालीमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख रहेका छन् ।

यसअघिको कार्यकालमा प्रधानमन्त्री भएका देउवाले नियुक्त गरेका सबै प्रदेश प्रमुखलाई ओली प्रधानमन्त्री भएलगत्तै फेरिएको थियो ।

बीचमा माओवादी केन्द्रनिकट प्रदेश प्रमुखहरूलाई हटाएर ओलीले पुनः नयाँ नियुक्ति गरेका थिए । अबको केही दिनमा सबै प्रदेश प्रमुखहरू फेरिने देउवानिकट स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट