जनता समाजवादी पार्टी (जसपा)का भट्टराई-यादव पक्षले बहुमत सांसद जुटाएर गर्यो संसदीय दलको विधान पारित गरेका छन् ।
मंगलबार जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विधान पारित गरेको हो।
बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षका सांसदहरू सहभागी थिए । अब जसपामा संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।
यससँगै अब सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लाग्न सक्ने नेताहरुले बताएका छन् ।