कलाकारहरुको सहयोगमा बाढीपीडितका लागि ४३ वटा पक्की घर निर्माण हुँदै-Sutra News

कलाकारहरुको सहयोगमा बाढीपीडितका लागि ४३ वटा पक्की घर निर्माण हुँदै

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

काठमाडौँ । मेलम्ची र हेलम्बुका बाढीपिडीतका लागि लागि कलाकारहरुले घर निर्माण गरिदिने भएका छन् ।



विभिन्न कलाकारहरुद्वारा संचालनमा आएको सिन्धु सहयोग कोषमार्फत बाढीपिडीतका लागि ४३ वटा पक्की घर निर्माण गरिने भएको हो ।

हिजो सोमबार सिन्धु सहयोग कोषमा आबद्ध भएका केही कलाकारहरुले मेलम्ची र हेलम्बुको बाढीप्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेसँगै घर निर्माण गरिनेबारे बताएका हुन् ।

बाढीप्रभावीत क्षेत्र मेलम्चीको दनुवार बस्तीमा कोषले १९ वटा पक्की घर बनाइदिने भएको छ भने हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरुले जनाएका छन् ।

त्यस्तै कोषले सिन्धुपाल्चोकबाट पुननिर्माणका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् प्राधिकरणसँग पनि यो विषयमा छलफल गरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट