काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बबरमहलमा सम्पन्न भएको छ ।
मंगलबार जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।
बैठकले कोरोना महामारीको चपेटामा परेकाहरुलाई राहत प्याकेजको घोषणा गर्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरु सँग सम्बन्धित मुद्दाहरु साथै अन्य राजनीतिक अडानहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।