जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग गरिएका सहमतिहरु कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत अन्य विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उनीहरुको भनाई छ ।
जसपाले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो ।’