सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं : गृहमन्त्री खाँण-Sutra News

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं : गृहमन्त्री खाँण

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

हमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्त्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।



राष्ट्रिय सहकारी महासंघको टोलीसँगको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले भने, ‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्त्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्त्व दिएर अगाडि बढ्ने छ ।’

सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

सो अवसरमा महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनुपरेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट