एमाले केन्द्रीय समितिको बैठक सुरु, माधव पक्षलाई छैन मतलब-Sutra News

एमाले केन्द्रीय समितिको बैठक सुरु, माधव पक्षलाई छैन मतलब

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।



बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा आज पनि माधव नेपाल पक्षका नेताहरु सहभागी छैनन् ।

हिजो सोमबार बसेको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर माधव पक्षले भने स्पष्टीकरणको जवाफ दिन आवश्यक छैन भन्दै जवाफ नदिने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट