प्रधानमन्त्री देउवा र प्रचण्डबीच भयो यस्तो सहमति-Sutra News

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भयो यस्तो सहमति

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच केपी ओली नेतृत्वले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेको नियुक्ति खारेज गर्ने सहमति भएको छ । मंगलबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफलमा उक्त सहमति जुटेको हो ।



‘उहाँहरुबीच केपी ओली नेतृत्वले गरेको असंवैधानिक नियुक्तिलाई एकमुष्ट सच्याउने सहमति भएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो ।

ओलीले संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी ऐन २०६६ लाई विपक्षी दलका नेता र सभामुखको उपस्थिति विनै संवैधानिक परिषदको बैठकले निर्णय गर्न सक्ने गरी अध्यादेशमार्फत संशोधन गरेका थिए ।

ओलीले मंसिर ३० गते बेलुका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा राखेको परिषदको बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो ।

पदाधिकारी सिफारिस भए पनि पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदा ४५ दिनपछि सबैले संसदीय सुनुवाइबिनै नियुक्ति लिएका थिए ।

देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई, गंगाले सार्वजनिक गरिन् यस्तो तस्बिर देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई, गंगाले सार्वजनिक गरिन् यस्तो तस्बिर

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट