sutra news logo

आइतवार, श्रावण १० गते २०७८

क्रिकेटर सन्दीपले द हन्ड्रेड नखेल्ने

क्रिकेटर सन्दीपले द हन्ड्रेड नखेल्ने

images

सुत्र न्यूज

५ श्रावण २०७८
  • 86
    SHARES
  • काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुन लागेको नयाँ फर्म्याटको प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

    इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसिबी) ले भिसालाई मान्यता नदिएपछि सन्दीपले द हन्ड्रेड नेखेल्ने भएका हुन् ।

    प्रतियोगिता खेल्न १० दिनअघि बेलायत पुगेका सन्दीपलाई त्यहाँको सरकारले भीसा मान्यनता नदिएको र देश छाड्न आग्रह गरेकाले सन्दीप एक/दुई दिनमै नेपाल फर्कने सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

    असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।

    यसअघि उनले भिसा ढिला आउँदा भाइटालिटी टि–२० ब्लास्ट पनि गुमाएका थिए । द हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - १९:३४:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.