बिहानै भूकम्पको धक्का महसुस-Sutra News

बिहानै भूकम्पको धक्का महसुस

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

नयाँ दिल्ली- भारतका अलग-अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ ।



राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५‍.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५‍‍.३९ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको जनाएको छ ।

यसबाहेक लेह-लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसुस गरिएको छ, जसको मापन ३‍.६ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट