काठमाडौँ । सोमबारदेखि लगातार बसिरहेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको हो।
हिजो बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने भनिएतापनि उनीहरुलाई केही कारबाही भएको छैन ।
सोमबार बसेको बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर माधव पक्षले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुपर्ने आवश्यक नभएको भन्दै जवाफ नदिने निर्णय गरिसकेको छ ।
आजको बैठकमा एकताका निम्ति गरिएका प्रयास, १० बुँदे सहमति र कार्यान्वयनको अवस्थाबारे छलफल हुने बताइएको छ ।