आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको संभावना, सतर्क रहन विभागले गर्यो आग्रह-Sutra News

आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको संभावना, सतर्क रहन विभागले गर्यो आग्रह

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  विभागका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।



हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट