प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा भेट्न ठाकुर बुधबार बिहान बालुवाटार पुगेका थिए ।
उनले प्रधानमन्त्री देउवासँग संविधान संशोधन साथै जेलमा रहेका रेशम चौधरीको विषयहरुमा छलफल गरेको बताइएको छ ।
यसअघि हिजो ठाकुरले एक विज्ञप्ति निकालेर आफूहरुले राखेको मागलाई सम्बोधन गर्न देउवालाई ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका ठाकुर एकाएक देउवाको पक्षमा लागेका हुन् ।