माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै, महत्वपूर्ण मन्त्रालय माग्दै सरकारमा सहभागी हुने तयारी-Sutra News

माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै, महत्वपूर्ण मन्त्रालय माग्दै सरकारमा सहभागी हुने तयारी

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन् ।



आज दिउँसो साढे १२ बजे बैठक बस्ने एक नेताले जानकारी दिए ।

माधव समूहले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्दै आएको छ । माधव समूह सरकारमा जाने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले आफूहरु सरकारमा जाने बताउँदै आएका छन् ।

सरकारमा सहभागी हुनका लागि पछिल्लो समय माधव नेपालले अन्य दलका 

त्यस्तै आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको पनि बैठक बस्दैछ । उक्त समूहको बैठक ललितपुरको च्यासलमा दिउँसो ३ बजेदेखि बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट