काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेताहरुको बैठक सुरु भएको छ।
बैठक भचुर्अल माध्यमद्वारा बैठक बसेको हो।
एमालेमा लामो समयदेखि विवाद कायम रहँदै आएको छ । आजको बैठकमा पार्टी फुटाएर अगाडी जाने या अहिलेकै अवस्थामा पार्टीभित्रै संघर्ष गरेर बस्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
एमालेमा माधव पक्षका नेताहरुले केपी शर्मा ओलीले पार्टी अध्यक्ष छोडेर मार्गप्रशस्त गर्नुपर्ने बताउंदै आएका छन् ।
माधव समूहले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ ।
यसअघि पार्टीको नियमविपरित देउवालाई विश्वासको मत दिएको थियो ।
देउवालाई मत दिने सांसदहरुलाई ओलीले कारबाही गर्ने भनेका छन् तर कारबाही गर्ने या नगर्ने भन्ने विषयमा हालसम्म कुनै ठोस निर्णय हुन् भने सकेको छैन ।