विपीको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ- देउवा-Sutra News

विपीको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ- देउवा

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोइरालाप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।



सामाजीक संजाल फेसबुकमा लेख्दै देउवाले वीपी कोइराला आफ्नो राजनीतिक गुरु मात्र नभएर अभिभावकसमेत भएको बताएका छन् ।

‘वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होईन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो । उहाँको प्रेरणालेनै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौ ।’ उनले लेखेका छन् ।’

त्यस्तै उनले आफ्नो स्मृति ४ दशक अघि कोइरालासँगको सामिप्यतामा फर्किएको महशुस गरेको उल्लेख गरेका छन् ।

हेर्नुहोस् उनको स्ट्याटस  

  ‘वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होईन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो । उहाँको प्रेरणालेनै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौ । आज उहाँको ३९ औ स्मृति दिवश । आज मेरो स्मृति ४ दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महशुस गरेको छु। तपाईको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ।

श्रद्धय नेता वीपी कोइरालाप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु।

जय नेपाल।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट