जापानमा ‘टोकियो ओलम्पिक’ सुरु, नेपालका कुन खेलाडीले के खेल खेल्दैछन् ?-Sutra News

जापानमा ‘टोकियो ओलम्पिक’ सुरु, नेपालका कुन खेलाडीले के खेल खेल्दैछन् ?

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

ओलम्पिक खेल आजबाट जापानको टोकियोमा शुरु भएको छ ।



ओलम्पिक खेलअन्तर्गत आज बिहान जापान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो भने दिउँसो इटाली र अमेरिका तथा मेक्सिको र क्यानाडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

 त्यस्तै आजै महिला फुटबलतर्फ ६ समुहबिच प्रतियोगिता पनि हुनेछ । ओलम्पिक खेलको औपचारिक शुरुवात भने आगामि शुक्रबारबाट हुनेछ ।

‘टोकियो २०२०’ नाम दिएको उक्त ओलम्पिकमा  नेपालबाट पनि ४ खेलमा ५ खेलाडिले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट रहेका छन् ।

पौडि, जुडो र सुटिङका खेलाडिहरु टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्सका खेलाडी भने ओलम्पिक  सुरु भएको भोलिपल्ट अर्थात जुलाई २४ मा जापान जानेछन् ।

खेलाडि, प्रशिक्षक लगायत अन्य सदस्य गरि २६ सदस्यीय टोलि ओलम्पिकका लागि जापान जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट