काठमाडौं । टी-२० क्रिकेट लिग खेल्न ईंग्ल्याण्ड पुगेका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् ।
लामिछानेको भिसा अवैध भएको भन्दै ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै उनलाई नेपाल फर्कन आदेश दिएको थियो ।
बोर्डको आदेशसँगै लामिछाने अहिले नेपाल फर्कंदै छन् ।
लामिछाने ‘द हन्ड्रेड’ पनि खेल्न जुलाई ९ मा त्यहाँ पुगेका थिए ।
ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।