सरकारमा पठाउन नयाँ मन्त्री छान्दै माओवादी, स्थायी कमिटी बैठक शुरु-Sutra News

सरकारमा पठाउन नयाँ मन्त्री छान्दै माओवादी, स्थायी कमिटी बैठक शुरु

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।



पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्ने  बताइएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रबाट पम्फा भुसाल र जनार्दन शर्माले मन्त्री पदको सपथ लिइसकेका छन् । 

सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवाले प्रधानमन्त्री बनिसकेपछि सत्ता गठबन्धनभित्र सहमति नजुटेका कारण अहिलेसम्म मन्त्री छान्न सकेका छैनन् । 

सत्ता गठबन्धनमा कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको नेपाल समूह रहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

नेपाल समूह भने सरकारमा सामेल हुनेबारे अहिलेसम्म अनिर्णित रहेको छ । 

पेरिसडाँडामा बसेको बैठकले माओवादीका तर्फबाट थप मन्त्री सिफारिस गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट