रावलले गुट फेरेको शंका, नेपाल पक्षको स्थायी कमिटी बैठकमा अनुपस्थित-Sutra News

रावलले गुट फेरेको शंका, नेपाल पक्षको स्थायी कमिटी बैठकमा अनुपस्थित

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित भएका छन्।



बुधवार नयाँबानेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय नेताहरूलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएका हुन् । 

रावल अनुपस्थित भएपनि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई भने उपस्थित भएका छन् । 

यसअघि रावलसँग वरिष्ठ नेता नेपाल आक्रोशित भएको चर्चा चलेको थियो । 

पार्टी एकताका लागि गठित कार्यदलमा रावलले नेपाल पक्षबाट नेतृत्व गरेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले सांसद पदबाट राजीनामा गरेका थिए । 

यससँगै राजनीतिमा रावलले नेपाल गूट छोडेको चर्चा चल्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट