जसपाका ठाकुरले फेरे रुप- जता मन्त्री पाइन्छ उतै-Sutra News

जसपाका ठाकुरले फेरे रुप- जता मन्त्री पाइन्छ उतै

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन निम्तो दिएका छन् ।



बुधबार उनीहरुबीच बालुवाटारमा भएको भेटवार्तामा देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन् आग्रह गरेका हुन् ।

जसपा अध्यक्ष ठाकुर आफ्नो बोकेर बालुवाटार गएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ठाकुरले आफूलाई विश्वासको मत दिएर सहयोग गरेको मा धन्यवाद दिँदै सरकारमा सहभागी हुन् आग्रह गरेका छन् ।

ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै देउवा सरकारले आफ्नो माग पुरा गर्ने भएपछि उनलाई विश्वासको मत दिएको बताएका थिए ।

ठाकुर पक्ष यो भन्दा अगाडी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पनि सहभागी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट