काठमाडौँ उपत्यकामा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ६९७ संक्रमित-Sutra News

काठमाडौँ उपत्यकामा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ६९७ संक्रमित

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।



जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट