रावलले गुट छोड्ने संकेत गरेपछि नेपाल तनावमा, फकाउन टोखा-Sutra News

रावलले गुट छोड्ने संकेत गरेपछि नेपाल तनावमा, फकाउन टोखा

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका अर्का नेता भीम रावललाई भेट्न टोखा पुगेका छन् ।



नेपाल पक्षको आजको स्थायी कमिटीको बैठकमा रावल अनुपस्थित रहेपछि उनी रावललाई भेट्न टोखा  पुगेका हुन् ।

नेता रावल नेपाल पक्षका नेता हुन् तर उनले आइतबार सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्षको बैठकमा सहभागी छैनन् ।

माधव नेपालको बैठकमा अनुपस्थित भएपछि रावलले गुट परिवर्तन गरेको आशंका पनि गरिएको छ ।

सांसद पदबाट राजीनामा दिएका रावललाई राजीनामा फिर्ता गर्न दबाब आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट